Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

☰

मधेश प्रदेशमा योजना रोक्का र कमिसनको आरोप, अर्थ मन्त्रालय विवादमा

प्रतिक्षा खबर
२०८२ चैत्र २१, शनिबार १०:५४

जनकपुरधाम — मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव माथि योजना कार्यान्वयनमा अनियमितता र कमिसन मागेको गम्भीर आरोप लागेको छ।

आरोपअनुसार, मन्त्रालयबाट स्वीकृत भइसकेका २५ लाख रुपैयाँ वा सोभन्दा कम लागतका योजनाहरू अग्रीम कमिसन नदिएको कारण रोकिने गरिएको दाबी गरिएको छ। साथै अर्थमन्त्री यादव र अर्थ सचिव रामकुमार महतो बीच मिलेमतोमा योजना ‘बिक्री’ हुने गरेको आरोपसमेत सार्वजनिक भएको छ।

स्रोतहरूका अनुसार, सचिव महतो पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर सोही जिम्मेवारीमा छन् र हरेक वर्ष योजना कार्यान्वयनसँग सम्बन्धित विवादमा मुछिँदै आएका छन्। यद्यपि, हरेक अर्थमन्त्रीसँग समन्वय मिलाउने क्षमताका कारण उनी पदमा निरन्तरता पाइरहेको बताइन्छ।

यसैबीच, प्रदेश सरकारले बिहीबार एक निर्णय गर्दै प्रदेश सभा सदस्यहरूको सिफारिसमा परेका योजनाहरू उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने र अन्य योजनाहरू अघि नबढाउने नीति लिएको छ। उक्त निर्णयले पनि योजना वितरणमा पारदर्शिता र प्राथमिकताको विषयमा थप बहस उत्पन्न गरेको छ।

यसबारे अर्थ मन्त्रालयका आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। आरोपबारे सम्बन्धित पक्षसँग प्रतिक्रिया लिन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर