Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर संचालन

प्रतिक्षा खबर
२०८१ माघ २३, बुधबार २३:२३

गोपाल झा

महोत्तरी, माघ २३ गते

महोत्तरीको मटिहानी नगरपालिकाले जनताको घरदैलोमै सेवा पुर्याउने उदेश्यका साथ मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको छ । मटिहानीको सवै ९ वडाका जनतामा सेवा पुग्ने गरि शिविर संचालन गरिएको हो । बुधवार वडा नं. १ मा मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा एकीकृत घुम्ती सेवा शिविरको उदघाटन गरेका हुन ।

       मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले विगत केहि वर्ष देखि यस्तै प्रकारका शिविर संचालन हुदै आएको बताए । उनले पालिका र नौ वटै वडामै पुगेर सेवा लिन छुटेका सेवाग्राही शिविरबाट लाभान्वित हुने वताए ।

        उक्त शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने छ ।

शिविरको उदघाटन कार्यक्रममा ससस्त्र प्रहरीका एसपी श्री विनोद केसी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख  सुदीप अधिकारी, उप–प्रमुख मंजू देवी साह, वडा नं. १,२,३ र ९ का वड़ा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वड़ा सदस्यहरु, वड़ा सचिवहरु लगायत स्थानीयहरुको उपस्थित थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर