Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन

प्रतिक्षा खबर
२०७७ श्रावण ११, आईतवार १८:०५

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ११ गते ।
दलित समुदायहरुले प्रदेश २ का जिल्लाहरुमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । सृङ्लावद्ध रुपमा दलित समुदायमाथि भइरहेको हत्या हिंसा जस्ता घटनाको विरुद्धमा दलितहरुले प्रदेश २ का जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गरेका हुन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको अर्धनग्न जुलुस प्रदर्शनको क्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका छन् ।
एकमहिना अघि प्रहरी धनुषाको सबैला प्रहरी हिरासतमा मृत्यु भएका सम्भुु सदा, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार अभावमा मृत्यु भएका राजु सदा लगायत देशभरमा दलितहरुमाथि भएको घटनाका दोषीहरुलाई अभिलम्ब कारबाही गरी न्याय दिनुपर्ने माग गर्दै प्रर्शन गरेका हुन् ।
जनकपुरमा जनकचौकदेखि संयौको संख्यामा निस्केका दलित समुदायको जुलुस विभिन्न भागमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी पुगेर धर्ना दिएका थिए । पुनः त्यहाँबाट फर्केर जुलुस जनकचोकमै कोणसभामा परिणत भएको छ ।
प्रदर्शनको क्रममा उनीहरुले शान्ति सुरक्षा कायम गर्नुपर्ने, घटनका दोषीहरुलाई अभिलम्ब कारबाही हुनुपर्ने, प्रहरी प्रशासन मुर्दावाद, हत्यारा बचाउने सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।
संघर्ष समितिले साउन १३ गते प्रत्येक जिल्लाको सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्याय अगाडी धर्ना दिने, १५ गते मृदंग बजाउने र पोस्टर टाँस्नेसहित प्रशासन कार्याय अगाडी धर्ना दिने र १८ गतेदेखि प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिलेअनशन बस्ने जस्ता अन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
○

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर