Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महोत्तरीमा लाखौको लुटपाट संगै डाँका समूहले गर्यो एक जनाको हत्या

प्रतिक्षा खबर
२०८१ पुष ६, शनिबार २०:१८

गोपाल झा

महोत्तरी , पौष ६ गते

महोत्तरीमा डाँका समूहले लाखौको गरगरना सहित लुटपाट गर्दै एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढा टोलका ६८ वर्षीय सुशील झाको डाका समुहले लाखौ मोल बराबरको सुनका गहना र नगद लुटेर हत्या गरेको छ ।

     आज शनिबार बिहान करीब ४ बजेको समयमा ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताएका हुन् ।

पक्कीघरको पछाडी पट्टी झयालमा लागेका ग्रील तोडेर घरभित्र पसेर डाँका समुहले घरमा रहेको सुनको मङ्गलसूत्र , औंठी र नगद एकलाख भारु. लुटेर लगेको डिएसपी जयसवारले बताए । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

       घटना स्थलमै पुगेका मधेश प्रदेशका डिआईजी लालमणी आचार्यले घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गर्ने र हत्यारा नउम्किने बताए । डाँका समुहले मृतक झाकै छिमेकी तथा आफन्त प्रदिप झाको घरमा समेत डाँका गरेकोमा सो घरमा कोहि व्यक्ति नभएकोले के कति सामान डाँकाले लुटेर लगेको भन्ने तत्काल नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।

      महोत्तरीमा विभिन्न डाँका समुह सकृय भई विभिन्न व्यक्तिको घरमा लुटपाट गर्नुका साथै विभिन्न व्यक्तिलाई घाईते समेत बनाउदै आएकोमा पछिल्लो समय केहि डाँकाहरुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा समेत चलाएपनि अझै डाँका रोकिएको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर