Advertisement
ताजा खबर

साेनमा गाउँपालिकामा अर्धनग्न अवस्थामा भेटियो युवकको शव, हत्याको आशंका

प्रतिक्षा खबर
२०८१ माघ ८, मंगलवार १४:१६

 

८ माघ, साेनमा। साेनमा गाउँपालिकामा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ कै स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल प्रसाद यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।उहाकाे शव साेनमा पुरानाे बजार देखि अगाडि दक्षिणतिर मरधरमा जाने बाटाेमा सडक भन्दा पश्चिम गेहुकाे खेतमा फेला परेकाे छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।
घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।
घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।
शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर