Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

महोत्तरीको रामगोपालपुर न.पा.२ मा वड़ाध्यक्षमा एमालेको खाँ ६३१ मत ल्याउँदै विजयी

प्रतिक्षा खबर
२०८१ मंसिर १७, सोमबार ०६:४८

गोपाल झा

महोत्तरी, मंसिर १७ गते 

महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको  वड़ाध्यक्ष पदको उपनिर्वाचन मा एमालेका उम्मेदवार सकिबुल खान विजयी भएका छन । एमालेका खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् ।

निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।

आईतबार सम्पन्न मतमानमा कुल खसेको १५१४ मतमा ६३१ मत ल्याई खाँ विजयी भएका हुन । उनको निकटतम प्रतिद्वंदी माओवादी केन्द्रकी उम्मेदवार आइति कुमारी यादवले ५३४ मत ल्याईन । सकिबुल खान ९७ मत को मतान्तर ले विजयी भएका हुन ।

    मतदान लगतै साझ ६ः३० बाट सुरु भएको मतगणना राति १० बजेर १५ मिनट मा सम्पन्न भएको हो ।सोही निर्वाचनमा नेपाली कॉंग्रेस का उम्मेदवार मो. जनीप़m खान ले २८४,जसपा का मो. नजामुद्दीन खान ले ३८,राष्ट्रीय जनता पार्टीका राजेश कुमार यादवले ५,राष्ट्रीय स्वतन्त्र पार्टीका खुरशेद खान ले ४, राप्रपा का मो. मन्नान खान ले २,स्वतन्त्र उम्मेदवार धीरेन्द्र प्रसाद यादवले १ र अर्का स्वतन्त्र उम्मेदवार अशोक कुमार यादव ले १ मत ल्याएका हुन ।

रामगोपालपुर नगरपालिका वडा २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको थियो । जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले जनाउनुभयो ।

उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् । यहाँ यसअघि माओवादीले जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर