Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सकसमा मधेस सरकार : आकर्षक मन्त्रालयमा हानथाप बढेपछि मन्त्रीमण्डल विस्तार हुन सकेन्न

प्रतिक्षा खबर
२०८१ असार २५, मंगलवार ०७:२१

मधेश प्रदेश सरकारको मन्त्रीमण्डल विस्तारमा समस्या परेको छ । मन्त्रालय भागबण्डा र आकर्षक मन्त्रालयमा हानथाप बढ्न थालेपछि प्रदेश मन्त्रीमण्डल विस्तारमा समस्या भएको हो ।

नयाँ समीकरण अनुसार प्रदेश सरकारमा चार दल सहभागी हुनुपर्नेमा अहिलेसम्म जनमत र एमालेका मन्त्रीमात्र सहभागी छन् ।

मन्त्रालयमा भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार रोकिएको स्रोतले जानकारी दिएको छ । जबकि, कांग्रेसले सरकारमा पठाउने चार जना मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ ।

मन्त्रालयमा भागबण्डा नमिल्दा सरकारले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको कांग्रेसका प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले बताए ।

उनका अनुसार कांग्रेसलाई ४ वटा मन्त्रालय दिने सहमति थियो । तर अन्तिम समयमा आएर मुख्यमन्त्रीले मन्त्रालय घटाउन खोजेको भन्दै उनले असहमति जाहेर गरे ।

‘हामीले सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँट गर्न माग गरेका छौँ, त्यो अनुसार भएन भने किन सरकारमा जाने ?’ उनले प्रश्न गरे ।

सहमति बमोजिम मन्त्रालय दिलाउन केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराइसकिएको प्रदेश सांसद क्षेत्रीले बताए ।

उनले भने, ‘आजसम्म केन्द्रको निर्णय आउँछ, यता मुख्यमन्त्रीज्यूसँग पनि छलफल चलिरहेको छ । हामीले भनेको अनुसार मन्त्रालयमा भागबण्डा मिल्यो भने आज साँझसम्म हाम्रो पार्टीका तर्फबाट जाने मन्त्रीज्यूहरूले शपथ लिनुहुन्छ ।’

अर्थ मन्त्रालयमा विवाद

दलहरूबिच अर्थ मन्त्रालयका बारेमा हानथाप चलिरहेको छ । स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालय लिएर सरकारमा जाने ढिपी कसेको छ भने जनमत पार्टीले बजेटमा धेरै त्रुटि भएकाले आफ्नो सरकारको बदनामी भइरहेको भन्दै अर्थ मन्त्रालय आफ्नो पोल्टामा राख्न खोजिरहेको छ ।

यही विवादका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको बताइन्छ । खासगरी कांग्रेस र जनमतले अर्थ मन्त्रालयमा आँखा लगाएपछि विवाद नसुल्झिएको कांग्रेसका एक प्रदेश सांसद बताउँछन् । यसको साथै कांग्रेसले ४ मन्त्रालय लिने पनि अडान राखेको छ ।

तर मुख्यमन्त्री सिंहले भने कांग्रेसलाई ३ मन्त्री र एक राज्यमन्त्री दिन खोजिरहेका छन् । जसकारण कांग्रेस विश्वासको मत दिएर पनि सरकारमा सहभागी भइरहेको छैन ।

मन्त्रालय बाँडफाँटमा चारवटै दलबिच विवाद

नयाँ समीकरण अनुसार प्रदेशमा सरकार बनेपछि सरकारमा सहभागी चारवटै दलले मन्त्रालयमा ‘डिमाण्ड’ बढाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार नयाँ सरकारमा एमालेले आफ्नो भागमा ५ वटा, कांग्रेसले ४ वटा र लोसपाले २ वटा मन्त्रालयको डिमाण्ड गरिरहेको छ ।

यी तीन वटा दलले मागे अनुसार मन्त्रालय दिने हो भने ११ वटा मन्त्रालयको भागबण्डा तीन दलका लागि मात्र पुग्छ । जबकि प्रदेश सरकारमा  मुख्यमन्त्रीबाहेक ११ वटा मन्त्रालय छ ।

त्यसकारण मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकेको मुख्यमन्त्री सिंहको भनाइ छ । उनले भने, ‘हामी पनि सरकारमा छौँ । हाम्रो पनि आफ्नो योजना छ । मुख्यमन्त्री पाउँदैमा सबै योजना पूरा हुन्छ भन्ने छैन । सबै साथीहरूको आफ्ना योजना छन्, त्यो हिसाबले उहाँहरूको डिमाण्ड गलत होइन तर मन्त्रालय बढी छैन । त्यसकारण केन्द्रले अब जे निर्णय गर्छ, त्यही सहमति अनुसार हामी अगाडि बढ्छौँ ।’

चार दलको समर्थनमा सरकार

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि नयाँ समीकरण अनुसार प्रदेशमा जनमत, एमाले, कांग्रेस र लोसपाको सहभागितामा सरकार टिकेको छ ।

असार २२ गते मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएर कांग्रेस र लोसपा पनि सत्ता पक्षमा सामेल भएको छ भने माओवादी र एकीकृत समाजवादी भने बाहिरिएका छन् ।

माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा सिंह नियुक्त भएका थिए । तर केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री नियुक्तिको बेला सघाएका माओवादी र एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिनु परेको हो ।

जेठ २५ मा ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सिंहले असार २२ मा विश्वासको मत लिँदा ४ दलकै समर्थनमा सरकार टिकाउन सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर