Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा

प्रतिक्षा खबर
२०८१ फाल्गुन १३, मंगलवार २१:१३

कैलाली । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवल शमशेर राणाले नेपालमा डलर खर्च गरेर जबरजस्ती धर्मनिरपेक्षता लादिएको दाबी गरेका छन् ।

मंगलबार कैलालीमा आयोजित कार्यक्रममा बोल्दै राणाले पार्टीले पुनः हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्नका लागि आन्दोलन गर्न लागेको भन्दै साथ दिन आग्रह गरे ।

‘भ्रष्ट सरकार, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई नेपाली जनताले मन पराएका छैनन् । यो जबरजस्ती लादेको तन्त्र हो’, उनले भने, ‘धर्म निरपेक्षता जबरजस्ती लादिएको रहेछ, कसरी लादिएको रहेछ भने अमेरिकाबाट डलर आएको रहेछ, युएसएडको नाममा यहाँ धर्म परिवर्तनका लागि, धर्मलाई समाप्त पार्नका लागि डलरहरू खर्च गरेर, डेटाहरु बेचेर आज देशमा धर्म निरपेक्षता लादियो ।’

तर, अहिलेको व्यवस्था फलिफाप नभएका कारण अब नेपाली जनता फेरि जाग्न जरुरी भएको उनको भनाइ छ । ‘पुनः हिन्दुअधिराज्य बनाउनका लागि हामी अघि बढेका छौँ’, उनले भने।

उनले वर्तमान व्यवस्थामा बेरोजगारी र भ्रष्टाचार बढेको, खुलेआम नेताहरू नै ठगीमा संलग्न भएको  बताउँदै सहकारी ठगहरूलाई देशबाटै अलग गर्नुपर्ने बताए । उनले भने, ‘ हाम्रो आन्दोलन सुरु भएको छ । तर हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । हाम्रो आन्दोलन हिंसात्मक हुँदैन । हामी जनताको सहाराको यो व्यवस्थालाई खारेज गर्छौँ ।’

उनले राप्रपाको नेतृत्वमा देशलाई गौरवशाली बनाउने समेत दाबी गरे । साथसाथै पूर्वराजा ज्ञानेन्द्र शाहले समेत फागुन ७ बजे साथ दिनका लागि आह्वान भइसकेको उल्लेख गर्दै राणाले यसकालागि नेपाली जनता जुट्नुपर्ने बताए । ‘उहाँले नेपाली जनताले साथ दिए अघि बढ्छु भनिसक्नु भएको छ । राजा बोलेन भन्थे यो भन्दा बढी के बोल्ने ? अब नेपाली जनता अघि बढेर राजालाई साथ दिनुपर्छ’, उनले भने।

उनले चैतको आन्दोलनअघि देशका प्रमुख सहरमा मोटरसाइकल र्‍यालीसहितका प्रदर्शनका कार्यक्रम तय गरिएको र मंगलबार धनगढीबाट त्यसको सुरुवात गरिएको पनि बताए । राणाको सम्बोधनअघि राप्रपाका नेता कार्यकर्ताले वृहत मोटरसाइकल र्याली निकालेका थिए । सो क्रममा राजावादीहरूले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर