Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

क्यानडाले आफ्ना कुटनीतिज्ञमाथि निगरानी गरिरहेको भारतको आरोप  

प्रतिक्षा खबर
२०८१ कार्तिक १७, शनिबार २०:२९

१७ कात्तिक, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानडा सरकारले भारतका कुटनीतिज्ञहरूको अडियो-भिडियोमार्फत् निगरानी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार आयोजित मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले  क्यानडाली सरकारले आफ्ना वाणिज्य दूतावासका केही कर्मचारीहरूलाई उनीहरूको अडियो र भिडियो निगरानी भइरहेको र यो क्रम जारी रहने भनेर सूचित गरेको जिकिर गरे ।

‘उनीहरूको कुराकानीमा पनि अवरोध पुर्‍याइएको छ । हामीले औपचारिक रूपमा क्यानडाली सरकारसमक्ष यसको विरोध जनाएका छौं’ उनले भने, ‘किनकि यी कार्यहरू राजनीतिक तथा वाणिज्यदूत सम्झौताहरूको उल्लंघन हो ।

प्राविधिक कुराहरूको आधारमा क्यानडाली सरकारले यो तथ्यलाई जायज ठहर्‍याउन नसक्ने उनले तर्क गरे । ‘उनीहरू उत्पीडन र धम्कीमा संलग्न छन्, हाम्रा राजनीतिक तथा वाणिज्यदूत कर्मचारीहरू पहिले नै उग्रवाद र हिंसाको वातावरणमा काम गरिरहेका छन् ।

प्रवक्ता जायसवालले अगाडि थपे, ‘क्यानडा सरकारको यस कार्यले स्थिति झनै बिग्रन्छ र स्थापित राजनीतिक मापदण्ड तथा प्रचलनहरूसँग मेल खाँदैन ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर