Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

प्रतिक्षा खबर
२०८३ श्रावण २, शनिबार २०:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट पक्राउ पर्ने दुबै जना पुरुष हुन् । अन्य आरोपीहरुको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।

चरित्रहत्याका साथै निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै उनले शुक्रबार उजुरी दिएकी थिइन् । उजुरी दिएपछि उनले आरोपीहरुको फोटो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

उनले पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्राप्त जानकारी दिँदै असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने र घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताइन् ।

ओलीले कारबाही प्रक्रिया अघि बढाएकोमा साइबर ब्युरो र नेपाल प्रहरीलाई धन्यवादसमेत दिएकी छन्। यसअघि पनि ओलीको यस्तै प्रकारको उजुरीका आधारमा एक जनालाई ब्युरोले पक्राउ गरेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर