Advertisement
ताजा खबर

राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिक्षा खबर
२०८१ भाद्र १८, मंगलवार २०:४२

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदूत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए । उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए ।

उनले भने, ‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ । यसो आउँदैछ, उनीहरूसँग के कुरा गर्ने ? त्यो पनि ख्याल गर्नुहोला । राजदूत अहिले त सिफारिस भएको छ । भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ । राजदूत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने ।

उनले राजदूत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर