Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो

प्रतिक्षा खबर
२०८१ श्रावण ३०, बुधबार १६:०३

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिका लागि एक हजार सदस्यीय एक समितिको घोषणा गर्ने भएका छन् । सो समितिको घोषणा साउन ३२ गते गर्ने तयारी भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताएका हुन् ।

समितिको नाम भने टुङ्गो लाग्न बाँकी रहेको छ । साहका अनुसार बहुल राष्ट्रिय सभा, राष्ट्रिय सभा राष्ट्रिय परिषद् र नेसनल प्लेनियममध्ये एउटा नाम राख्ने मोटामोटी सहमति भएको र आज-भोलिसम्ममा टुङ्गो लाग्नेछ ।

राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्दा राजेन्द्र महतोलाई मात्र संयोजक बनाइएको थियो । अरू सबै साधारण सदस्य थिए । अब संयोजकसहित ९९९ जनालाई सदस्य राखिने उनको भनाई छ । राष्ट्रिय मुक्ति क्रान्तिमा संयोजकबाहेक अरू सबै सदस्य रहनेछन् ।

अन्य पदहरू भने सिर्जना नगर्ने नेता मेहताले बताए । सो समिति अन्तर्गत विभिन्न ५५ वटा परिषद्हरू रहनेछन् । ती परिषद्को पनि संयोजक मात्र रहने छन् भने बाँकी सबै सदस्य रहने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ ।

त्यसबाहेक सोही समितिबाट भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो तथा भातृ सङ्गठनहरूको संयोजक बनाउने तयारी रहेको छ । भूगोल कमान्ड, ब्युरो, विशेष ब्युरो, भातृ सङ्गठनमा पनि एक–एक जना मात्र संयोजक रहने अरू सबै सदस्यमा रहने नेता मेहताले बताए ।

यही समितिले एउटा गोलमेच सम्मेलनको आयोजना गरी कार्तिक मसान्तसम्म एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर