Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

महोत्तरीमा कोरोना भाईरस बिरुद्धको खोप कार्डबिना सरकारी सेवा लिन नपाइने, जिल्ला प्रशासन कार्यालयको निदेर्शन

प्रतिक्षा खबर
२०७८ माघ ३, सोमबार २०:३९

जलेश्वर
गोपाल झा ,३ माघ
महोत्तरीमा कोरोना भाईरस बिरुद्धको खोप कार्डबिना सरकारी सेवा लिन नपाइने, जिल्ला प्रशासन कार्यालय महोत्तरीले निदेर्शन जारी गरेको छ ।
भारतसँग सीमा जोडिएको महोत्तरी जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारी सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नेपाली नागरिकले अनिवार्य रुपमा खोपको पूणर् मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएको हूँदा उमेर पुगेका सबै नागरीकहरुले अनिवार्य रुपमा खोप लगाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना जारी गरी सबैमा अनुरोध गरेको छ ।
त्यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढीको सभा,भेला, महोत्सब भेला,र्याली बैठक,गोष्ठी आदी नगर्न ,नगराउन सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायात साधनको प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्न आह्वान गरिएको छ ।
तोकीएको निएम उल्लंघन गरी निणर्यलाई वेवाास्ता गरीएमा जिल्ला प्रशासन कायालय ले कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर