पिंकी कुमारी
११ फागनु, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले पाँच सुत्रीय माग राख्दै आन्दोलन सुरु गरेको छ ।
चुरे र वन संरक्षणको माग गर्दै संयौको संख्यामा रहेका अभियानकर्ताहरु जनकपुरधामको मुरलीचोकबाट प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका थिए । बाटोमै प्रहरीले रोकेपछि फर्केर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
उनीहरुले क्याम्पसचोक नजिक चौबीस घण्टे धर्ना सुरु गरेका हुन्
खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहिन तथा सुकुम्बासीको आवसको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धि समस्या हल गर्नु पर्ने लगायत अभियानको माग छ ।
अभियानका संरक्षक सरोज रायले पटक-पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर धर्ना सुरु गरेको बताए ।
मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका संरक्षक सरोज यादवले बताए ।







