Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

मधेस प्रदेशमा कांग्रेस गठबन्धनको सरकार बनाउने कसरत, लोसपाले पनि साथ दिने

प्रतिक्षा खबर
२०८१ जेष्ठ २३, बुधबार १४:५१

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन सरकार बनाउने कसरतमा लागेको छ । मधेस प्रदेशमा अहिले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ, त्यही सरकारलाई निरन्तरता दिने कि अर्को बनाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।
त्यो सम्भावनालाई मध्यनजर गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने समयको सीमा थप्नका लागि प्रदेश प्रमुखलाई पत्र पठाइसकेका छन् । जसपा नेपाल नेतृत्वको सरकार कायम राख्नका लागि ५४ सिट चाहिन्छ । हालसम्म विपक्षी गठबन्धनसँग ४९ सिट छ । कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपा ९ (एक जना निलम्बन) सिट रहेका छन् ।
सरकार टिकाउनका लागि विपक्षी गठबन्धनलाई कम्तीमा पाँच सिटको आवश्यकता पर्छ । स्रोतका अनुसार १–१ सिट रहेको नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कांग्रेस गठबन्धनलाई सघाउने भएको छ ।
लोसपाले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने भएको छ । लोसपा नेपालका वरिष्ठ नेता शरदसिंह भण्डारीले भने, ‘हामी माथि जुन गठबन्धनमा छौँ तल पनि त्यही गठबन्धनमा रहनेछौँ, हामीबाट माथि एउटा तल अर्को हुन सक्दैन, जुन गठबन्धनबाट चुनाव लडेका थियौँ, त्यही गठबन्धनमा अहिलेसम्म छौँ प्रदेशमा पनि त्यही गठबन्धनमा रहनेछौँ ।
कांग्रेसले जसपा नेपाललाई समर्थन गर्ने निर्णय गरिसकेको छ भने लोसपा नेपालले हालसम्म औपचारिक निर्णय गरेको छैन । लोसपा नेपालका मधेस प्रदेशका केही सांसद जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छैनन् ।
लोसपा नेपालका प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, रानी शर्मा तिवारीलगायतका नेताहरूले जसपा नेपालबाट अरू कसैको नेतृत्वमा सरकार बने त्यसलाई स्वीकार गर्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर