Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’

प्रतिक्षा खबर
२०८२ बैशाख ६, शनिबार २०:५६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् ।  उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो । 

‘पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो । करिब डेढ घण्टाको छलफलमा मूलतः पूर्वराजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो’, स्रोतको भनाइ छ ।

आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो ।

सोहीबमोजिम बनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपनि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासोसहितको सन्देश उनले प्रवाह गरेका थिए । यस्तै तीनकुने आन्दोलनको विषयमा पनि छलफल भएपनि विस्तृत कुरा स्रोतले खुलाउन चाहेनन् ।
स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए ।  यस विषयमा बुद्धिमान तामाङले पूर्वराजासँग भेट भएको स्वीकारे । उनले छलफलमा भएको विषयबारे भने खुल्न चाहेनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर