Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै

प्रतिक्षा खबर
२०८१ जेष्ठ २०, आईतवार १५:०८

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।
नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ ।
‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३ जना सांसदको हस्ताक्षरसहित जाँदैछौँ’, यादवले रातोपाटीसँग भने, ‘एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोसपा,सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतका सांसदको हस्ताक्षर रहन्छ ।
यादवले लोसपा समेत नयाँ सरकार गठनको पक्षमा रहेको दाबी गरे पनि लोसपाले नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेको छैन । यो प्रदेशमा लोसपाका नौ जना सांसद छन् ।
यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए । त्यसअघि नै सात दल नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान लागेका हुन् ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर