Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

रेल चढेर युक्रेन जाँदैछन् मोदी

प्रतिक्षा खबर
२०८१ भाद्र ६, बिहीबार २१:३६

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला पोल्यान्डको भ्रमणमा छन् । पोल्यान्डबाट शुक्रबार मोदी युक्रेन जान लागेका हुन् । तर उनी विमानबाट नभएर रेलबाट युक्रेन जाँदै छन् ।

मोदी पोल्यान्डबाट युक्रेन विशेष रेल चढेर जान लागेको बताइएको छ । यो रेल साधारण रेल होइन । यो रेल विलासी सुविधा र विश्व स्तरीय सेवाको लागि परिचित छ । यो विशेष रेललाई ट्रेन फोर्स वन भनिन्छ ।

रोचक कुरा चाहिँ के छ भने युक्रेनको राजधानी किभमा ७ घण्टा बिताउन मोदीले २० घण्टा ट्रेन फोर्स वनमा यात्रा गर्नेछन् । मोदी पोल्यान्डबाट रातिको समयमा युक्रेनका लागि निस्किनेछन् । पोल्यान्डबाट युक्रेनको राजधानी कीभसम्म पुग्न उनलाई २० घण्टा लाग्नेछ । मोदीले विमान नचढेर यो यात्राका लागि किन रेल रोजेका होलान् ? यसको सोझो जवाफ रुस–युक्रेन युद्ध हो । रुससँगको युद्धका कारण युक्रेनका विमानस्थल बन्द छन् । युक्रेनका सडक डरमर्दो भएका छन् । यस्तोमा रेल यात्रा सुरक्षित मानिएको छ ।

मोदी कहिले जाँदैछन् युक्रेन ?

मोदी भारतीय समय अनुसार आज साँझ अर्थात् २२ अगस्टमा विशेष रेलबाट युक्रेनको राजधानी कीभका लागि प्रस्थान गर्नेछन् । मोदीले किभमा करिब ७ घण्टा बिताउनेछन् । यस अवधिमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गर्नेछन् । यस अवधिमा भारत र युक्रेनबीच महत्त्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

मोदी अघि क–कसले गरेका छन् यो रेलबाट यात्रा ?

मोदी भन्दा पहिले पनि विश्वका कयौँ नेताहरूले यो रेलबाट यात्रा गरिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन जाँदा पनि यही रेलबाट गएका थिए । सन् २०२२ मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका तत्कालीन प्रधानमन्त्री मारियो द्राघीले पनि यो विशेष रेलबाट युक्रेनको यात्रा गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर