Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

१० महिनामा ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

प्रतिक्षा खबर
२०८१ जेष्ठ ७, सोमबार १९:५१

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।
चालु आव २०८०/८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।
वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।
गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।
वैशाखमा मलेसिया जाने धेरै
विभागका अनुसार वैशाखमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । वैशाखमा मात्रै १६ हजार ९४९ जना मलेसिया पुगेका छन् ।
त्यस्तै वैशाखमा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ हजार ५१२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।
त्यस्तै जापानमा १ हजार २९८ जना, रोमनियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् ।
यो आवको १० महिनामा भने संयुक्त अरब इमिरेट्स (यूएई) जानेको संख्या सबैभन्दा धेरै छ । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।
कुन महिनामा कति ?
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।
विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जना रोजगारीका लागि विदेश गएका छन् ।
त्यस्तै माघमा ६२ हजार १४७ जना, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर