Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

महोत्तरीमा विश्व हिन्दू परिषद नेपालको बिभाग स्तरीय वार्षिक योजना बैठक सम्पन्न

प्रतिक्षा खबर
२०८० श्रावण १२, शुक्रबार २३:२७

गोपाल झा

महोत्तरी , श्रावण १२ गते

महोत्तरीमा विश्व हिन्दु परिषद नेपालको बिभाग स्तरीय वार्षिक योजना बैठक सम्पन्न भएको छ ।

दुई दिन सम्म चल्ने विश्व हिन्दू परिषद नेपाल महोत्तरीद्वारा आयोजित बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रम पत्रकार महासंघ महोत्तरी साखाको सभाकक्षमा पहिलोदिन शुक्रबार परिषदको धनुषा जिल्ला बिभागिय अध्यक्ष अंकेश्वर यादवको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

      बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकमा समाजमा रहेको बिसंगती ,बिमती र सनातन धर्ममाथी हुँदै आएको प्रहारलाई रोक्न हिंदू समाज लाई मजबूत गर्ने, हिंदू जीवन दर्शन र आध्यात्म को रक्षा, संवर्द्धन र प्रचार गर्ने, विदेश मा बस्ने हिंदुहरूसँग तालमेल राख्ने , हिंदू र हिंदुत्व को रक्षा को लागि संगठित गर्ने र सहयोग गर्ने प्रती बैठकमा सहभागी बक्ताहरुले जोड दिएका हुन् ।

यादवको अध्यक्षतामा सम्पन्न बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना कार्यक्रममा प्रमुख अतिथी महोत्तरीको मलिवारा कुटीका महन्थ भरत शरण बैष्णव बिशिष्ट अतिथी जलेश्वर नगरपालीकाका मेयर सुरेश साह सोनार , विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झा अतिथीहरु उद्योग बाणीज्य संघ जलेश्वरका अध्यक्ष लवराजा सिंह परिषदका पदाधिकारी जनक नन्दीनी शरण , राम दयाद साह , बिरगन्जका श्री कान्तमणी त्रिपाठी , जनकपुरका आम प्रकाश सर्राफ लगायतको विशेष उपस्थिति रहेको थियो ।  बैठकमा परिषद तथा एकल अभियानका राष्ट्रिय स्तरका पूणर्कालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

बिभाग स्तरीय ( धनुषा , महोत्तरी र सर्लाही ) को वार्षिक योजना बैठकबाट बर्ष भरीको बिभिन्न योजनाहरु तयार गर्ने विश्व हिन्दु परिषद नेपाल महोत्तरीका जिल्ला अध्यक्ष ब्रजेश कुमार झाले बताएका हुन् । बैठकमा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर