Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

प्रतिक्षा खबर
२०८२ बैशाख ५, शुक्रबार ११:०५

आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

५ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार एक खेल मात्र हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुँदै छन् । खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन् । नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन् ।

बेंगलुरुले दुवै हार घरेलु मैदानमा नै बेहोरेको छ । घरेलु मैदानमा यस सिजन जित निकाल्न नसकेको बेंगलुरुका लागि हारको ह्‍याट्रिक टार्ने दबाब हुनेछ । दुवै टोलीले आ-आफ्ना पछिल्ला खेल जितेर आएका छन् ।

आजको खेल जित्ने टोलीलाई शिर्षस्थानमा पुग्ने अवसर पनि छ । शीर्षमा रहेको दिल्लीको ६ खेलमा १० अंक छ । आजको खेल जित्ने टोली नेटरनरेटमा दिल्लीलाई पछि पार्दै शीर्षमा उक्लिन सक्छ । पञ्जाबलाई भने केही ठुलै अन्तरको जित आवश्यक हुनेछ ।

सुरुवातदेखि नै आईपीएल खेल्दै आएका र उपाधिविहीन रहेका यी दुवै टिम यसपटक लयमा देखिएका छन् । हालको अवस्थामा अंकतालिकामा रहेका शीर्ष ५ टोलीमध्ये ४ टोली उपाधि जित्न बाँकी टिम छन् भने  सर्वाधिक उपाधि जितेका टिमहरू बटम हाफमा रहँदा यसपटक नयाँ टोलीका लागि उपाधि जित्ने अवसर बन्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर