Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मन्दिरको जग्गा हत्याउन भ्रष्टाचारी जिवनाथले गरे पुजारीदेखि अदालत सम्म सेटिंङ

प्रतिक्षा खबर
२०७८ श्रावण २७, बुधबार १६:५३

जनकपुरधाम । अदालतबाट भ्रष्टाचार दोषी भएका जिवनाथ चौधरीले रामजानकी मन्दिरको जग्गालाई आफ्नो श्रीमतीको नाममा ल्याउनका लागि पुजारी देखि अदालतसम्म सेटिंग गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ८ स्थित अग्नीकुण्डमा रहेको रामजानकी मन्दिरको दुई विघा भन्दा बढी जग्गा निजि बनाउने उनले सेटिंङ गरेको खुलेको हो ।
अग्नीकुण्डस्थित रहको सो मन्दिरको जग्गा निजि बनाउन पुजारी देखि भुमाफियासम्मको मिलोमतोमा नीजि जग्गा बनाउनका प्रकृया अगाडी बढाइएको छ । सरकारी वकिलको कार्यालय धनुषा र मालपोत कार्यालयको मिलोमतोमा उनले जग्गा पास गर्ने तयारी थालेको हो । रामजानकी मन्दिरको जग्गा किर्ते गरि व्यक्तिको नाममा ल्याउनका लागि पुजारीले आफ्नो नामको पछाडी लगाउने गरेको वैष्णवलाई हटाई चार जना व्यक्तिको नाममा सो जग्गा ल्याउन ठुलै षड्यन्त्र रचिएको कुरा सार्वजनिक भएको हो ।
०७५ फागुन ९ गतेदेखि विभिन्न मितिमा गरि दुई विघा भन्दा बढी जग्गा विक्रि भईसकेको छ । सो जग्गा सार्वजनिक महत्वको मन्दिरको नाममा रहेको भन्दै मालपोत कार्यालय धनुषामा एक व्यक्तिले उजुरी दिएपछि रामजानकी मन्दिरका पुजारी रामभजन दास वैष्णवले सो जग्गा बदर गर्न माग गरेका थिए । त्यसपछि ०७६ साउन १ मा जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा फिरादी दिएका थिए । धनुषा जिल्ला अदालतका न्यायाधिश उपेन्द्रप्रसाद गौतमले रामभजन दास वैष्णव नभएको र सो जग्गा मठमन्दिरको नदेखिएको भन्दै रामभजन दासको नाममा रहेको फैसला सुनाएका थिए ।
त्यसपछि मात्रै मन्दिरका पुजारीले आफ्नो नामको पछाडी रहेको वैष्णव हटाएर सो जग्गालाई नीजि गर्न सफल भएका थिए । मन्दिरको जग्गा निजि रहेको प्रमाणित गराउनकै लागि फिरादी अमित कुमार तिवारीले सुरुमा अदालतमा फिराद पत्र दर्ता गराएको श्रोतको दावी छ । सो फिराद पत्र धार्मिक र सार्वजनिक जग्गा रहेको भनि अपुष्टरुपमा दर्ता गराइएको थियो ।
सोही पत्रको आधारमा रामभजन दासको नाम पछाडी रहेको वैष्णव हटाइएको थियो । त्यसपछि अदालतको फैसलाले सार्वजनिक जग्गालाई नीजि जग्गामा परिणत भएको थियो । फिरादी अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा धार्मिक र सार्वजनिक मठमन्दिरको जग्गा रहेको भनि फिराद पत्र अनुसार फैसला नआएपछि उनले पुनरावेदन गर्न समेत पुगेनन् । फिरादीले पुनरावेदन गर्ने म्याद गुजारेपछि मिलोमतोमा जग्गालाई नीजिकरण गरि विभिन्न व्यक्तिलाई बेचेको पाइएको छ ।
जग्गा व्यक्तिको नाममा ल्याएपछि ०७५ फागुन ९ मा २ विघा भन्दा बढी जग्गा रघुवंश सिह, जिवनाथ चौधरीका श्रीमती आरती कुमारी शर्मा, रामकुमार राय र उर्मिला देवी भुमिहारको नाममा गरिएको पाइएको छ । अदालतबाट फैसला भएपछि अहिले सो जग्गाको मिसिल सरकारी वकिलको कार्यालयमा पठाइएको छ । सरकारी वकिलको कार्यालयले सो जग्गा बारे लिखित प्रतिवेदन दिएपछि सो प्रतिवेदन मालपोत कार्यालय धनुषामा जाने छ र सो अनुसार जग्गा बारे स्पष्टरुपमा लालपुर्जा वितरण दिइने छ ।
सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सिताराम अर्यालयले अदालतले फैसला गरिएको दिएको हुनाले सो जग्गा सम्बन्धी हामीले केहि बोल्नुपर्ने आश्वयकता नरहेको जानकारी दिए । ‘मालपोत कार्यालय धनुषाले हामी कहाँ सो जग्गा बारे सोधखोज गर्दै पत्र पठाएको थियो,’उनले भने, ‘तर सो जग्गा बारे अदालतले फैसला गरिदिएको हुनाले केहि भन्नु पर्ने अवस्था छैन ।’
मालपोत कार्यालय धनुषाका प्रमुख बासु प्रसाद कोइरालालाई सम्पर्क गर्दा उनी व्यस्त रहेको भन्दै पञ्छिएका छन् । यस सम्बन्धमा उनले केहि बोल्न चाहेका छैनन् ।
स्थानीयस्तरमा विरोध भएपछि जिबनाथ चौधरीले सरकारी वकिलको कार्यालयका सहायक प्रमुख अधिवक्ता अनन्त न्यौपानेलाई ३ दिन भित्र सरुवा गराइदिन्छु भनी ठाडो धम्की दिएको छ । उनले सो जग्गाको प्रतिवेदन तत्काल बुझाई व्यक्तिको नाममा प्रतिवेदन तयार गर्नका लागि दवाव दिदैँ आएको एक कर्मचारीले बताए ।
सार्वजनिक जग्गा किर्ते गरि निजीकरण गरेको भनि जिल्ला सरकारी वकिल कार्यालय धनुषाबाट किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी गर्न अदालतमा रिट दिने सम्पुर्ण प्रमाणका साथ तैयारी अवस्थामा रहेको जनाइएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने रामभजन दासको नाममा दर्ता कायम रहेको जनकपुर नगरपालिका वडा नम्बर १३ सिट नं.– १२७४–०७ कित्ता नं.– ८ समेतको जग्गा सो कार्यालयको र.नं. १२०९ १क मिति २०७५ फागुन ९, रजिष्टर नं. ९६४९, ९६४५ क मिति २०७५ पुस १५, १००७४ क मिति रजिष्टर.नं. ११८३१ ख मिति २०७५ माघ ४, २०७६ जेठ ३, र.नं.१२९३१ क मिति २०७५ फागुन २९ को राजीनामा पासले जग्गाधनीको भतिज रघुवंशकुमार सिंहको नाममा हालैको बकसपत्रले र आरतीकुमारी शर्मा, उर्मिलादेवी भूमिहार र रामकुमार यादवको नाममा राजीनामाको ब्यहोराबाट पास गराइएको छ ।
यता जिवनाथ चौधरीले भने सो जग्गा मठमन्दिरको नभएको अदालतले नै प्रमाणित गरिदिएपछि आफुहरुले नीजि जग्गा खरिद गरेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर