Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

नेपाल ९ रनले विजयी, लिग- २ को शीर्ष तीनमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल

प्रतिक्षा खबर
२०७९ चैत्र २, बिहीबार २१:०२

२०७९ चैत २
आइसिसी विश्वकप लिग– २ को अन्तिम खेलमा नेपालले युएईलाई नाै रनले पराजित गरेको छ। जितसँगै नेपाल लिगकाे तेस्रो स्थानमा उक्लिएको छ। र, ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।
ब्याडलाइटको कारण बाँकी ओभरको खेल सम्पन्न हुन नसकेपछि डिएलएस नियमअनुसार नेपाल विजयी भएको हो।
४४औँ ओभरमा खेल रोकिँदा नेपालले ६ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो। ४२औँ ओभरसम्म पनि नेपाल डिएलएस नियमअनुसार निर्णय हुँदा नेपाल पछाडि परिरहेको थियो। पछिल्ला केही ओभरमा युएईले बलिङमा ढिलाइ गरिरहेको थियो। तर, एकै ओभरमा गुल्सन झाले एक छक्का र तीन चौकासहित २० रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको हो।
यो ऐतिहासिक जितसँगै नेपालले आगामी वर्ष भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुनका लागि खेलिने ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। साथै, लिग २ को अन्तिम सिरिज पनि नेपालले क्लिन स्विप गरेको छ। यसैगरी, पछिल्ला १२ मध्ये ११ मा जित हासिल गरेर उत्कृष्ट फर्ममा रहेको सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर