Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गर्वनर नियुक्ति विवादले काँग्रेस एमालेमा फाटो ल्याउदै

प्रतिक्षा खबर
२०८२ बैशाख १९, शुक्रबार १५:०७

सार्वजनिक रुपमा कांग्रेससँग सत्ता–सहकार्यमा कुनै समस्या नभएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय कांग्रेसबाट अवरोध व्यहोर्नुपरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणले दुई दलबीच सहकार्यमा संकट उत्पन्न भएको पूर्वअनुमान गरिएका थिए ।

तर, देउवा स्वदेश फर्किनुअघि नै दुई नेताबीचको फोनवार्ताले सहकार्यमा कुनै समस्या नभएको सन्देश प्रवाह भयो । देउवा बैंककमै रहेको बेलामा बैशाख ११ गते काठमाडौंमा एमालेको ब्यानरमा आयोजित युथ सेलिब्रेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई सरकारको चिन्ता नभएको चिन्ता त चुनावको मात्रै भएको अभिव्यक्ति दिएका थिए । त्यसलेपनि धेरैले सरकार ढल्दैछ भन्ने हल्लालाई बल पुगेको प्रतिक्रिया सञ्जालमा पोखेका थिए ।

तर, देउवा काठमाडौं ओर्लिएलगत्तै दिएको स्टेटमेन्टपछि भने प्रधानमन्त्री ओलीले सरकार दायाँबायाँ नहुने र सहकार्य सहमतिबमोजिम अघि बढ्ने दाबी गरे । सरकारको कामकारबाहीमाथि यसअघि सार्वजनिक रुपमै आलोचना गर्ने र प्रश्न उठाउने कांग्रेस नेताहरुप्रति पनि प्रधानमन्त्री ओलीले जवाफ फर्काए ।

प्रधानमन्त्रीको बेडरुमसम्म नै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापालाई त उनले त्यो आरोप प्रमाणित गर्न चूनौति पेश गरे । र, गगनको अभिव्यक्तिप्रति आफूलाई दया लागेको पनि प्रधानमन्त्री ओलीको प्रतिक्रिया थियो । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको भनेर कांग्रेस नेतृत्व पँक्तिले निरन्तर प्रश्न उठाईराखेको छ । पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठककमा समेत गगन जान छोडेका छन् । यसरी हेर्दा कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सुरुवाती दिनको जस्तो सहकार्यमा हार्दिकता नदेखिएको प्रष्ट हुन्छ ।

तर, देउवाले नचाहँदासम्म सरकार ढल्दैन भनेर ढुक्क भएको एमाले नेतृत्व पँक्तिपनि पछिल्लो समय कांग्रेसको भूमिकाबाट सशंकित बनेको छ । सरकार ढल्दैछ र सरकार बनाउनेगरि कांग्रेस सभापति देउवासँग कुराकानी अघि बढेको भनेर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेपछि कांग्रेस र एमालेबीचको सहकार्यमा संकट आएको दाबी गरिएको हो ।

प्रचण्डले त नयाँ वर्षमा नयाँ सरकार बन्ने र नयाँ सरकारको नेतृत्व देउवाले नै गर्ने दाबी गरेका थिए । कांग्रेस र एमालेबीच सहकार्यमा संकट आउनुमा प्रमुख कारण नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती मानिएको छ । गभर्नरमा प्रधानमन्त्री ओलीले आफ्नो कोटाबाट नियुक्ती चाहेका छन् । तर, देउवाले डा. गुणाकर भट्टलाई अघि सारेका छन् ।

देउवाकै वचनको कारण भट्टले नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिइसकेका छन् ।तर, राजीनामा दिएको दुई साता हुन लाग्दासमेत अझै उनको नियुक्ती हुन सकेको छैन् । प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर निलम ढुंगानालाई अघि सारेका छन् । ढुंगानाले आफूभन्दा जुनियरलाई कसरी गभर्नर मान्ने भनेर प्रश्न उठाउँदै भट्टको राजीनामा स्विकृत नगरेको चर्चा छ । अहिले ढुंगानालाई एमाले पँक्तिले नयाँ गभर्नरको रुपमा एक्सपोज गरिसकेको छ ।

एमाले नेताहरुले त बधाईसमेत ज्ञापन गरिसकेका छन् । हिजो विराटनगरमा आयोजित लगानी सम्मेलनमा भाग लिन जाने क्रममा एयरपोर्टमा पनि उनी बधाई ग्रहण गरिरहेकी थिईन् । देउवाले आजकै मन्त्रिपरिषद् बैठकमार्फत भट्टलाई गभर्नर नियुक्तीको दबाब दिएको स्रोतको दाबी छ । मन्त्रिपरिषद् बैठक विहान १०ः३० बजे बोलाईएको थियो । उता, हिजोमात्रै नियुक्त भएको उर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथपनि गराउने भनिएको थियो ।

तर, एकाएक मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ रोकिएको छ । यसरी मन्त्रिपरिषद् बैठक रोकिनुमा कांग्रेस–एमाले सहकार्यमा खटपटको रुपमा लिईएको छ । प्रधानमन्त्री ओलीसँग सहकार्यलाई लिएर देउवाले पनि पछिल्लो समय खासै सहजता अनूभव नगरेको बताईन्छ । आजै नीति तथा कार्यक्रम आउने, र बजेट आउने दिनपनि नजिकिएको कारण सरकारबाट बाहिरिने निर्णय लिनपनि अप्ठ्यारो भएकोले देउवा रोकिएको उच्च स्रोतको दाबी छ ।

तर, देउवा अब एमालेसँगको सहकार्य लामो लैजाने पक्षमा नरहेको विश्वस्त स्रोतको दाबी छ । तर, देउवाले आज/भोलिभित्रै कडा कदम चाल्नेगरि आन्तरिक तयारी थालेका छन् । यसको लागि उनी महामन्त्री गगन थापासँग निरन्तर सम्वादमा रहेको बताईन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर