Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

आयोगले दर्ता नगर्दै महन्थ ठाकुरको पार्टीमा विवाद

प्रतिक्षा खबर
२०७८ भाद्र ५, शनिबार २०:१०

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमा निर्वाचन आयोगबाट मान्यता नपाउँदै विवाद सुरु भएको छ । वरियता विवादका कारण शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको ३१ सदस्यीय कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षर गरेका छैनन् । पहिला २४ सदस्यीय कार्यकारिणी समिति बनाइएकोमा पछि ७ सदस्य थपिएको थियो ।े
वरियताक्रमको ४ नम्बरमा राखिएका अनिलकुमार झा, ९ नम्बरकी चन्दा चौधरी र पछि थपिएका ७ जनामध्ये दोस्रो नम्बरकी निलम बर्माले हस्ताक्षर गरेका छैनन् ।
स्रोतका अनुसार झाले वरिष्ठ नेता नराखेकोमा असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका हुन् । झाले पूर्वराष्ट्रिय जनता पार्टीको ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका अहिलेको पार्टीमा रहेका चार जनामध्य महन्थ ठाकुर अध्यक्ष र राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेता राखिएको तर आफूलाई नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव जनता समाजवादी पार्टीमा गएका छन् ।
अध्यक्ष ठाकुरकी विश्वासपात्रका रुपमा चिनिने चौधरीले महिलालाई मुख्य स्थानमा नराखिएको र वरियतामा पनि तल झारिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । बर्माले भने चौधरीको असन्टुष्टिमा सहमति जनाउँदै हस्ताक्षर नगरेको स्रोतले बतायो ।
झाले यसअघि बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा ठाकुरलाई अध्यक्ष र अरु नेतालाई कार्यकारिणी सदस्य राखेकाले हस्ताक्षर गरेका थिए । अहिले भने दुई नेतालाई वरिष्ठ नेता राखेकाले असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर