Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

जनमत पार्टीका केन्द्रीय सदस्य र सांसदका श्रीमान् जसपा नेपाल प्रवेश

प्रतिक्षा खबर
२०८२ जेष्ठ १, बिहीबार १३:१९

३० वैशाख, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलेको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।

रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको थियो । सांसद पदबाट राजीनामा दिएकी गुरुङका श्रीमान् कैलाश गुरुङ अघिल्लो महिना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालमा प्रवेश गरेका थिए । यादव भैरहवा गएर जनमतका नेता कार्यकर्तालाई जसपा नेपालमा स्वागत गरेका थिए । उनका श्रीमान् कैलाश जनमत पार्टीको कार्यकारणी सदस्य एवं आदिवासी महासंघको अध्यक्ष समेत थिए ।

जनमतका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले राजीनामा पठाएको सुनेको तर औपचारिक रुपमा जानकारी प्राप्त नभएको बताए । सभामुखसँग बुधबार भेटेर थप प्रक्रियाबारे छलफल हुने गुप्ताले जानकारी गराए ।

गुरुङसँग राजीनामा दिएको विषयमा सोधपुछ गर्न खोजिए पनि सम्भव हुन नसकेको गुप्ताले बताए । उनका अनुसार, गुरुङको संसदीय भूमिकाप्रति जनमतका पार्टी नेताहरू असन्तुष्ट थिए ।

बेलायतमा बस्ने हुँदा पार्टी र संसदप्रति जिम्मेवारी बहन गर्न नसकेको बुझाइ जनमतमा छ । गुप्ताले अनलाइनखबरसँग भने, ‘उहाँ संसद्‌मा २०/३० प्रतिशत पनि आउनु भएको छैन । दुःख गरेर पार्टी बनाउनेलाई सांसद पदको महत्व थाहा हुन्छ ।’

प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको राजीनामा पत्रमा लेखिकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

जनमतका लुम्बिनी प्रदेश सभामा तीन सांसद छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर