Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

हिरासतमा मृत्यु प्रकरण : ड्युटीमा खटिएका जवान निलम्बित, डीएसपी प्रदेश कार्यालय तानिए

प्रतिक्षा खबर
२०७८ श्रावण १९, मंगलवार १८:२७

१९ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवामा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ ।
लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनामा जिल्ला प्रहरी धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रलाई प्रदेश प्रहरी कार्यालय तानिएको प्रदेश प्रहरी प्रमुख डीआइजी उमेश रञ्जितकारले जानकारी दिए ।
यस्तै हिरासत कक्षमा ड्युटीमा खटिएका प्रहरी जवानलाई भने निलम्बन गरिएको उनले बताए । घटनाको छानविनका लागि डीएसपीलाई प्रदेश प्रहरी तानेर जवानलाई निलम्बन गरिएको उनले बताए ।
दाजुभाइको विवादमा ज्यान मार्ने तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटीवापतको रकम तिर्न परिवारले जोहो गरिरहेकै अवस्थामा उनी प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
मृत अवस्थामा फेला परेका रविदासको घटना छानविनका लागि परिवारजन र स्थानीयले आन्दोलन गर्दै आएका थिए । उनीहरुले शव समेत बुझ्न नमानिरहेको सन्दर्भमा मंगलबार तीनबुँदे सहमति भएको छ । सहमतिपछि मृतकका परिवारले शव बुझेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार कर्णले बताए ।
उनका अनुसार घटनाको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन तथा मृतक परिवारलाई राहतको व्यवस्था गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ । यस्तै, मृतकका आफन्त र स्थानीयले आन्दोलन स्थगित गरी शव बुझ्ने निर्णय भएको उनले बताए ।
अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर