Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

दुई दिनमा पनि उठेन बरहथवामा प्रहरीको गोली लागेर ढलेका जयशंकरको शव

प्रतिक्षा खबर
२०८० पुष २२, आईतवार १२:१०

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।
शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।
आज बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताए । अहिले चल्ने छलफलबाट निष्कर्ष निस्कन सक्ने उनको विश्वास छ ।
मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेका छन् ।
शनिबार नै गृहमन्त्रालयले घटनाको छानविनको लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । साथै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकरको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर