Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

आठै जिल्लामा एक साथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने

प्रतिक्षा खबर
२०७७ माघ १२, सोमबार १९:३६

जनकपुरधाम, माघ १२ । प्रदेश सरकारले कोरोना विरुद्धको खोप अभियान आठै जिल्लाबाट एक साथ शुरु गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठ वटै जिल्लाको सदरमुकाम स्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।
खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले विरगंज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र समाजिक विकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जनाउनु भएको छ ।
प्रदेश नं. २ मा खोप अभियान संचालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गते सम्म सबै जिल्ला स्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताउनु भयो ।
पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्र मोर्चामा खटि रहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर