Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सांसद किरण साह भारतमा सम्मानित

प्रतिक्षा खबर
२०८२ बैशाख १९, शुक्रबार १८:३६

राजविराज, बैशाख १९ । प्रदेश सांसद किरण कुमारी साह भारतमा सम्मानित भएकी छिन् । भारतको मध्यप्रदेश स्थित सियरमउमा बिहीवार साहु समाज समितिद्धारा आयोजना गरिएको ३८औं साहु समाज निःशुल्क सामुहिक आदर्श विवाह सम्मेलनमा उनलाई “समाज सेवा सम्मान २०२५” बाट सम्मानित गरिएको हो ।

दाइजो बिनाको आदर्श विवाह गर्न प्रोत्साहन, महिला सशक्तिकरण, समाज रुपान्तरण तथा सामुहिक आदर्श विवाह सम्मेलनलाई सफल बनाउन गरेको योगदानको उच्च कदर गर्दै सांसद साहलाई सम्मान गरिएको आयोजक मध्यप्रदेश तैलीक साहु महासभाका राष्ट्रय अध्यक्ष श्रीमती आभा साहुले जानकारी दिईन ।

कार्यक्रमका मुख्य अतिथि समेत बनाइएकी मधेश प्रदेशका सांसद साहलाई मध्यप्रदेशका राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, पूर्व मन्त्री रामपाल सिंह मध्यप्रदेशका विद्यायक रामनिवास जी, देवेन्द्र पटेल, साहु समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु लगायतले मुकुट दोसल्ला तथा समाज सेवा सम्मान २०२५ बाट सम्मानित गरेका छन् ।

सो अवसरमा बोल्दै प्रदेश सांसद साहले आर्थिक अभावकै कारण कतिपय व्यक्तिहरु विहेबाट बञ्चित हुने गरेको तथा दाईजो प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले साहु समाज समितिले थालेको सामुहिक आदर्श विवाह सम्मेलन प्रशंसनीय र उदाहरणीय भएको बताउँदै यस्ता कार्यमा समाजका सबै सचेत नागरिकले सहयोग गर्नुपर्नेमा जोड दिईन । साहु समाजका १२ हजार भन्दा बढी अगुवाहरुको उपस्थितिमा भएको सामुहिक आदर्श विवाह सम्मेलनमा आर्थिक अभावका कारण विहेमा समस्या भएका ३५ जोडीको सामुहिक रुपमै आदर्श विवाह गराइएको छ ।

सामुहिक विवाहमा सहभागि भएका जोडीलाई आयोजक संस्थाकै खर्चमा बाजागाजा सहित परिक्रमा पश्चात कार्यक्रम स्थलमा सामुहिक विवाह गराइएको छ । उक्त सम्मेलनमा नवविवाहिता जोडीका अभिभावक र आफन्तहरुलाई समेत निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । सम्मेलनमा समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु, वरिष्ठ उपाध्यक्ष सिवदयाल सिमैरया लगायतले पनि शुभकामना दिदै यस्ता विवाहले समाजमा व्याप्त दाईजो प्रथा अन्त्यका लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

उक्त संस्थाले विगत ३८ वर्षदेखि लगातार सम्मेलनको आयोजना गरी आर्थिक रुपमा पछाडि परेका तथा उमेर पुगेका युवा युवतीलाई भेला गराई सामुहिक रुपमा आदर्श विवाह गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर