Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

भारतीय नागरिकबाट बरामद हिरा गुपचुप राख्दा निलम्बनमा परे दुई घुमुवा प्रहरी

प्रतिक्षा खबर
२०८१ माघ २८, सोमबार २०:२८

सांकेतिक तस्वीर

२८ माघ, पोखरा । एक जना भारतीय नागरिकले बहुमूल्य गरगहना अवैध रुपमा लिएर हिँडेको सुराक कास्कीका २ जना घुमुवा प्रहरीले पाउँछन् । निगरानी गर्दै जाँदा शंकास्पद नै देखिएपछि घुमुवा प्रहरीले ती भारतीय नागरिकलाई समाउँछन् र खानतलासी गर्छन् ।

भारतीय नागरिकको साथबाट हिराजस्तै देखिने ६ थान धातु फेला पर्छ । घुमुवा प्रहरीले त्यो हिरा राख्छन् र भारतीय नागरिकलाई छाडिदिन्छन् । त्यो धातु कहाँ लगियो र अब कसरी कारबाही प्रक्रिया अगाडि बढ्छ भन्ने अन्योलबीच एक दिन बित्छ । आफूबाट हिरा लगिएको २ दिनपछि ती भारतीय नागरिकले प्रदेश प्रहरी कार्यालय गण्डकीमा उजुरी गर्छन् र भन्छन्, ‘प्रहरी हुँ भन्दै मसँग भएको हिरा २ जनाले लिएर गए ।

सूचना प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग यस विषयमा सोधिखोजी गर्‍यो । तर जिल्लाले घटनाबारे अनविज्ञता देखायो । ‘हामीलाई खबर आउनेबित्तिकै जिल्लामा बुझ्यौं, सोधिखोजी गर्‍यौं,’ प्रदेश प्रहरी प्रमुख भोलाबहादुर रावलले भने, ‘यो घटना नै शंकास्पद लागेपछि थप कारबाही प्रक्रिया अगाडि बढायौं ।’

प्रदेश प्रहरीमा उजुरी गर्ने भारतीय नागरिक प्रशान्त सिंहलाई प्रहरीले पक्राउ गर्‍यो र उनीसँग हिरा लिने प्रहरीसँग पनि सोधपुछ गर्‍यो । घुमुवा प्रहरीले सिंहबाट ६ वटा हिरा लिएको तर कमाण्ड सम्हाल्ने अधिकारीलाई जानकारी नै नदिई गुपचुप राखेको पत्ता लाग्यो ।

पोखरामा केही दिन अगाडि घटेको घटना हो यो ।

भारतीयबाट हिरा लिएर उपल्लो निकायमा रिपोर्टिङ नगरेको खुलेको भोलिपल्टै प्रहरीले सहायक हवल्दार धनप्रसाद थापा र जवान दलबहादुर खड्कालाई निलम्बन गर्‍यो भने पक्राउ परेका भारतीय नागरिक र प्राप्त हिरा राजस्व अनुसन्धान कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर