Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

औरही नगरपालिकालाई प्रोटेबल ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

प्रतिक्षा खबर
२०८२ पुष १२, शनिबार १६:३९

पुरुषाेतम यादव,औरही, । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत औरही नगरपालिका, महोत्तरीमा प्रोटेबल ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ।

One Heart Worldwide को आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनामार्फत ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलाहरूलाई निशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। परियोजनाले गर्भावस्थामै सम्भावित जोखिम पहिचान गरी समयमै उपचारमा पहुँच पुर्‍याउने उद्देश्य लिएको छ।
औरही नगरपालिकाको आधारभूत नगर अस्पतालमा आयोजित एक समारोहबीच रतौली युवा क्लबका अध्यक्ष मो. साकिर खानले औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्कालाई उक्त प्रोटेबल अल्ट्रासाउण्ड मेसिन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख रेणु झा, वडा अध्यक्ष सुशील कुमार साह, वडा सचिव संजीव कुमार साह, स्वास्थ्य शाखा प्रमुख रबिन्द्र कुमार यादव, स्वास्थ्य कार्यालयकी प.हे.न. सृजना कुमारी यादव, कार्यपालिका सदस्य सनिचरी देवी, नगर अस्पताल प्रमुख रामचन्द्र यादव तथा अस्पतालका सम्पूर्ण नर्सिङ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक वैधनाथ चौधरी, क्लबका कर्मचारीहरू तथा One Heart Worldwide का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
स्थानीय तहमा अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध भएपछि ग्रामीण भेगका गर्भवती महिलाहरूले ठूलो राहत पाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर