Advertisement
ताजा खबर

कोरोनाबाट ४ हजार सुरक्षाकर्मी संक्रमित, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता

प्रतिक्षा खबर
२०७७ भाद्र २४, बुधबार १२:२९

२४ भदौ, काठमाडौं । मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएका छन् ।
उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् ।
उपत्यकाका एक युनिटका कमाण्डरले आइसोलेसनबाटै मातहतका प्रहरीलाई निर्देशन दिने गरेकाे बताए । ब्यारेकमै आइसोलेसनमा बसेका उनले सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।
कार्यालयका झण्डै आधा जनशक्ति संक्रमित भएपछि नजिकै रहेका प्रहरी कार्यालयले पनि उनलाई सहयोग गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गरे । तर, संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।
हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर