Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

नारायणी अस्पतालमा रौतहटका एक पुरुषको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र ५, शुक्रबार १०:३४

सुरेश बिडारी

५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका एक जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो । स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरेको थियो । गम्भिर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका उनको मृत्यु आज बिहान ३ः३५ बजे भएको अस्पतालले जनाएको छ ।
रौतहटमा गरिएको एक्स–रे हेर्दा उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको चिकित्सकले बताएका छन् सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएको रहेछ, शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको थियो,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘बचाउन सकिएन ।’
उनमा कोरोना संक्रमण छ या छैन भन्ने यकिन गर्न स्वाबको नमुना संकलन गरिएको छ । दिउँसोतिर परीक्षण रिपोर्ट आउने नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर