Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

वडाध्यक्ष मुकेश कुमार यादवकाे हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ 

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार २१:१४

सन्तोष सिंह

वडाध्यक्षकाे हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ 

रामगाेपालपुर महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा ९ भदौमा रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको रहत्यमय अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले औरही नगरपालिका -७ भाेइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएकाे छ । यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन्

वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेकाे छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर