• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन महोत्तरीका किसान मतदाताको भनाई


मताधिकारको सदुपयोग गर्न जान्छु तर चुनावमा नेताको भाषण सुन्ने फुर्सद छैन  महोत्तरीका किसान मतदाताको भनाई

गोपाल झा
महोत्तरी , ७ बैशाख
स्थानीय तहको चुनाव आउन अब केही दिन मात्र बाँकी रहँदा महोत्तरीमा पनी चुनावी तरङ् बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर मतदाता लोभ्याउने, भेला गर्ने जस्ता क्रियाकलापहरु गरीरहेका छन् । तर यसपालीका चुनाबी कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता बढी देखिन्छन् । मतदाता कम र नेताहरुको बाक्लो उपस्थितीका बिभिन्न पाटाहरु रहेको मध्ये अहिले किशानहरुको कामको चटारो पनी रहेको छ । खेतमा पाकीसकेको गहुँ र दाल तथा तेलहनबबाली थन्क्याउने, तरकारी बारीको गोडमेल गर्ने ,सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसान व्यस्त छन् ।
राजनीतिक दलका नेता चुनावी प्रचार प्रसारमा घरघर पुग्न थाले पनि किसानहरुले उनीहरु संग समय निकालेर भलाकुसारी गर्न फुर्सद न रहेको भन्दै हाम्रा समस्या जस्ताका त्यस्तै छन्, खेतमा पाकी सकेको गहुँ र अन्यबाली भित्रयाउने चटारो छ ।
तरकारी बाली लगाईइको खेतबारीमा सिँचाइ नभएर बाली मरेको छ, मलखाद्य समय मा पाउँदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन ,एकडारा गाउँपालिका-१ का तरकारी किशान रासबिहारी मण्डलको गुनासो छ । समाचारको सिलसिलामा कुरागर्दा भन्नुहुन्छ , गाउँमा सडकको केही विकास भए पनि कृषि क्षेत्रमा भने अलीकती उपलब्धि हुन नसकेको भन्दै “अहिले तीन तहको सरकार छ ।
स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन सकेको छैन”, मण्डल भन्नुभयो, “समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई न त हर्षो न बिस्मय । महोत्तरीको दक्षिणी भेगमा करीब ८० प्रतिशतभन्दा बढी मतदाता कृषि पेशासँग आबद्ध छन् । किसानलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु पनि रहेको छ ।
किसानलाई चुनावकोभन्दा बढी चिन्ता गहुँ तथा दलहनबाली भित्र्याउने र तरकारीबाली गर्ने चटारो छ । उनीहरूले आफूहरुका लागि कामभन्दा ठूलो चुनाव नहुने बताएका छन् ।
मनरा सिस्वाका रामनारयण पेसाले कृषिमा आबद्ध हुनुहुन्छ । उहाँको चाहना कृषिमा योगदान दिने जनप्रतिनिधि होस् भन्ने छ । ‘अहिलेसम्म कसैले पनि कृषिलाई महत्त्व दिएका छैनन् । कृषिमा योगदान गर्ने कोही जनप्रतिनिधि देखिएका छैनन्,’ उहाँको गुनासो छ, ‘सबै भाषण र कागजमा मात्र हो । यो पाँच वर्ष कसैले पनि राम्रो काम गरेको देखिएन ।
उहाँ भन्नुहुन्छ, ‘जनप्रतिनिधि भएर कसले के काम गरिरहेको छ, के भइरहेको छ भन्ने हेरेर तथा कृषि उपजको उत्पादन गर्ने वातावरण बनाइदिने जनप्रतिनिधि भए राम्रो ।
त्यस्तै सरपल्लो बजारका खेहरु मण्डलले पनि पहिला पनी मतदान गरिसक्नु भयो । तर, आफूले भोट हाले पनि पछि गएर त्यस्ता जनप्रतिनिधिले काम नगरेको उहाँको गुनासो छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

७ बैशाख २०७९, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

७ बैशाख २०७९, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

७ बैशाख २०७९, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

७ बैशाख २०७९, बुधबार
Next Post
सम्सि गाउँपालिकाकी  महिला मृत फेला

हाबाहुरीको बेला घरमाथीबाट झरेको जस्तापाताको चोटले महोत्तरीमा एकजना महिलाको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर हुदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh