Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

रुपैठामा हिन्दु मुस्लिम समुदायबीच झडप, ६ घाइते, निषेधाज्ञा जारी

प्रतिक्षा खबर
२०७८ कार्तिक २७, शनिबार १८:०२

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दु मुस्लिमान समुदायबीच झडप भएको छ ।
गत दुई दिनअघि जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्वमा मनाउन हिन्दु धर्मावलम्बीहरुलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद अहिले झडप हुँदै दंगामा परिणत भएको हो ।
दुवै पक्षको विवाद उग्र लिई झडप हुँदै दंगामा परिणत भएपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनामा चारजना सशस्त्र प्रहरी, एक नेपाल प्रहरी र एक स्थानीय महिला सहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले जनाएको छ ।
प्रहरीमाथि समेत आक्रमण गर्न थालेपछि तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौ राउण्ड आश्रुग्यास प्रहार गरिसकेको छ । एक÷डेढ घण्टा तनावपूर्ण अवस्था रहेपनि दुवै पक्षले संयमता अपनाएपछि अवस्था साम्य भएको प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले जनाएको छ ।
उनले भने केही व्यक्ति एक अर्काको घेराबन्दीमा पनि रहेपनि तिनीहरुलाई निकाल्ने काम भइरहेको छ । अप्रिय दुर्घटना हुन नदिन रुपैठा सहित चारै कुनामा व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वन्धु प्रसाद वास्तोलाले जनाएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयद्वारा तनावपुर्ण अवस्थाको दृष्टिगत गर्दै आज २ बजेदेखि भोली राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । रुपैठा प्रवेश गर्ने चारै नाका पुर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबादो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म प्रवेश निषेध गरिएको छ ।
गत २४ गतेका दिन स्थानीय तेलिया पोखरीमा हिन्दु समुदायले छठ मनाउन घाट बनाउन लाग्दा मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । सो दिन लाठी, भाला, गर्छीले भएको दुई पक्षीय झडपमा परी चारजना घाइते भएको थियो ।
सो विवाद सल्टिन नपाउंदै आज हिन्दुवादी संगठनले जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठामा गएका थिए । प्रदर्शन पश्चात पुनः दुवै समुदायबीच विवाद हुँदै उग्ररुप लिई साम्प्रादयिक दंगामा परिणत भएको थियो । हिन्दुवादी संघ संगठनले प्रदर्शन गर्दै रुपैठा छिर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेर रोकेपनि त्यसको केही क्षिणपछि विवाद उग्र लिएको थियो । यहिले रुपैठामा हिन्दु र मुस्लिम समुदाय विच झडप जारी नै रहेको छ भने जनकपुरधाम जटही सडक खण्ड पुर्णरुपेण प्रहरीले बन्द गरिएको छ ।
स्थानीय ओम प्रकाश पण्डितले मुस्लिम समुदायका व्यक्तिहरुले आफूहरुको घर घरमा घुसेर कुटपिट गरिरहेको छ । मुस्लिम बाहुल्य क्षेत्र भएको कारण कुनैपनि समय अप्रिय घटना हुन सक्ने उनको भनाई छ । हुनत सुरक्षाका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्थानीय तेलिया पोखरीको चारैतिरबाट दुवै समुदायले अतिक्रमण पारेका छन । सडक छेउ निर मुस्लिम समुदायले अतिक्रमण गरी त्यसमा पहिला दाहा राख्ने गरेको थियो, तर केही दिनयतादेखि कुखुराको मासु पसल संचालन गर्दै आएको छ ।
हिन्दु समुदायले सोही ठाउँमा छठ मनाउन जाँदा मुस्लिम समुदायले आफ्नो जग्गा रहेको भनी छठको घाट बनाउन नदिने, घाटमा कुखुराको प्वाँख फाल्ने लगायतका कार्य गरेर प्रत्येक वर्ष अवरोध गर्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो पोखरीलाई जिर्णोद्धार गर्न नसक्दा दुवै समुदायका व्यक्तिले अतिक्रमण गरेर बसेको कारण विवाद हुदै गरेकाे वडाध्यक्ष भोगेन्द्र झाले बताएका छन ।
उनले यसमा प्रमुख दोषी जनकपुरधाम उपमहानगरपालिका रहेको भन्दै पोखरीलाई व्यवस्थापन गर्न अतिक्रमण मुक्त नगरेसम्म विवाद कायमै रहने बताएका छन ।सभार
लोकपुकार डटकममा

 

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर