• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन


सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन

५ कात्तिक, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।
शुक्रवार माइतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानूनको धज्जी उडाएको बताए ।
उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राय गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हुन थालेको बताए।
अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरुको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरुले बुझ्न सक्नुभएन, अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानूनको धज्जी उडेको छ। हामीलाई धेरै पुरानो युगमा फर्किएको जस्तो भएको छ, हामी व्यवहार र कार्यशैलीले ढुंगे युगतिर फर्किरहेका छौँ ।’
प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको वयवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नाइकेेलाई कारबाही गर्नुपर्ने बताए ।
उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए ।
उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै सबै अपराधीलाई तीन दिन भित्र समातेर कारबाही गर्न माग गरे । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
‘कार्यालय प्रमुखमाथि जुन व्यवहार भयो, त्यो हिंस्रक घटना हो, सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्छ, त्यो घटनाको नाइकेलाई गिरफ्तार गर्नुपर्‍यो। उनले भने, ‘राजनीतिक दलका नेता सीके राउतले टेलिभिजनमै अपराध स्वीकारेपछि अब उनीसहित आपराधिक गतिविधिमा संलग्न सबैलाई तीन दिनभित्र पक्राउ गरी कारबाही गर्नुपर्छ ।
अध्यक्ष बन्जाडेले तीन दिन भित्र अपराधमा संलग्न र नाइकेलाई कारबाही नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी दिए ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए । अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

५ कार्तिक २०७८, शुक्रबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

५ कार्तिक २०७८, शुक्रबार
Next Post
साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ सुरु

साेनमा गाउँपालिकामा श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ सुरु

मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्

मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh