Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

प्रतिक्षा खबर
२०७८ श्रावण २९, शुक्रबार १५:२९

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुुरु भएलगतै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले संसदीय दलका नेता ओली ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भनेका थिए । एमाले प्रमुख सचेतक भट्टराईले त्यही बेला नियमापत्ति गरेका थिए ।
तर सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो मात्र भनेको र असंसदीय शब्दहरु संसदको रेकर्डबाट नहटेको भन्दै प्रमुख सचेतक भट्टराईले सभामुखको ध्यानाकर्षण गराए । एउटा सांसदले अर्को संसदलाई जभाभावी, निम्छरा शब्दहरु प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने उनले बताए ।
लगतै सभामुख अग्नि सापकोटाले ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावली प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर