Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

छोरी शिक्षा बिमा ६ लाख पुरयाउने सोनमा गाउँपालिका प्रमुख यादवले गरयो घोषण

प्रतिक्षा खबर
२०७६ माघ १९, आईतवार २१:५८

नागेन्द्र यादव
महोत्तरी, १९ माघ
: महोतरीको सोनमा गाउँपालिकामा जन्मने प्रत्येक छोरीलाई रु ६ लाख दिने घोषना गरेको छ । सोनमा गाउँपालिकामा वाडा नम्बर २ मा रहेको श्री सरस्वति जन्ता मा वि मा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा सोनमा गाउँपालिका प्रमुख राज कुमार यादवले अब सोनमा गाउँपालिका भित्र जनमने प्रत्येक छोरीलाइ रु ६ लाख दिने घोषना गरेको छ ।

घोषना गरिएको रकम आउदो आर्थिक वर्षदेखि दिने दिने बताएका छन । प्रदेश २ सरकारले आठै जिल्लामा जन्मने बेटीलाई जन्मनेबितिकै तीन लाख दिने र तीन लाख सोनमा बगाउँपालिकाले दिने गरी जम्मा छौ लाख दिने व्यवस्था सोनमा गाउँपालिकाले सर्वसहमतिबाट पारित गराएको र त्यहीअनुसार दिने घोषना गरेको प्रमूख यादवले बताएका छन ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख र्पुयाउने निर्णय गरेको हो ।पढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन । छोरीका लागि बिमा योजनाको रकम बढाइएको कार्यक्रमको प्रमूख अतिथि एवम प्रदेश नम्बर २ो मूख्यमन्त्री समेत रहेको लालबाबु राउतले २० लाख पुर्याउने लक्ष्य समेत रहेको बताएका छन ।

प्रदेश २ का छोरीहरू अब जन्मनेबित्तिकै तीन लखिया हुनेछन’ उनले भने, ‘छोरी बोझ होइन शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन । प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बिमा गर्दै आएको छ । प्रभु बैंकको सहकार्यमा ४ हजार ३ सय ७३ जनाको बिमा भइसकेको छ । थप ३ हजार १ सय १८ जनाको बिमा गर्ने कागजात बिमालाई अझ प्रभावकारी र बिमित रकम बढाउन प्रत्येक स्थानीय तहमार्फत तीन लाख थपेर ६ लाख रुपैयाँ र्पुयाउन प्रस्ताव गर्ने तयारी भइरहेको मुख्यमन्त्री राउतले बताए ।

प्रदेश सरकारले छोरी बिमा अभियानमा सहज हुने उदयले प्रत्येक पालिकालाई पचास हजार समेत दिएको बताएका छन । छोरीलाई शिक्षित र काबिल बन्न प्रदेश २ ले अरु प्रदेशको तुल्नामा बढी सुविधा दिएको अरु प्रदेशले ३५ प्रतिशत आरक्षण दिएकोमा प्रदेश २ ले ५० प्रतिशत दिएको बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर