Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मधेशी दलबीच वार्ता गर्न लोसपाले बनायो समिति

प्रतिक्षा खबर
२०८१ पुष २१, आईतवार २०:३१

२१ पुस, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशी दलबीच सहकार्य र एकता गर्न वार्ता समिति गठन गरेको छ ।

राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्‍दै लोसपाले जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा वार्ता समिति बनाएको हो ।

वार्ता समितिमा जितेन्द्रसँगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..मधेश केन्द्रित पार्टीहरू बीच संवाद , सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्‍ने गरी पार्टी एकीकरण गर्ने सम्‍मको सम्भावनाको खोजी तथा परिणाम मुखी बनाउनको लागि तपशील बमोजिमको समिति लोसपाले गठन गरेको व्‍यहोरा जानकारी गराउँदछु।’

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो। त्यस्तै  सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।

यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर