Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रमुख प्रशासकीय अधिकृत पक्राउ मेयर तारिखमा रिहा

प्रतिक्षा खबर
२०७७ फाल्गुन २, आईतवार १९:११

रामगाेपालपुर, फागुन २ गते । किर्ते हस्ताक्षरको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना पक्राउ परेका छन भने मेयर तारिखमा रिहा भएको छ ।
गएको असारको अन्तिम साता सम्पन्न भएको नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गरी पास गरेको भन्दै परेको उजुरीको आधारमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र लेखा अधिकृत सहितकालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरी रहेका छन । अधिकृत जयसवाल आफै हाजिर भएका थिए योजना शाखाका यादव र लेखाका चौधरीलाई प्रहरीले नगरपालिका कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रका अनुसार किर्ते जालसाजी मुद्दाको आरोपमा अनुसन्धानका लागि तिन दिनअघि नै यादव र चौधरीलाई पक्राउ गरिएको थियो । तिनीहरुकै बयानको आधारमा प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई पनि हाजिर गराइएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि मुद्दाको थप अनुसन्धान शुरु गरिएको उनले जनाएको छ ।
कर्मचारीहरु पक्राउ परेपनि मेयर विजयशंकर यादव पछिल्लो साता अदालतमा हाजिर भई १५ दिने तारिखमा रिहा भइसकेको उपमेयर रीमा देवीले बताएकी छिन ।
नगर सभा सम्पन्न पश्चात उपमेयर रिमा देवी सहितका नगर कार्यपालिका बोर्डका १७ जनाले मेयर विजयशंकर यादव सहित नगरपालिकाका कर्मचारी विरुद्ध जिल्ला अदालतमा दिएको उजुरी आधारमा तिनीहरुलाई पक्राउ गरिएको छ ।
उनले भनिन आफू सहित विभिन्न कार्यपालिका बोर्डको सदस्यहरुको हस्ताक्षर किर्ते गरी नगर सभा सम्पन्न गरी, नगर सभाबाट पारित योजनाहरु कार्यान्वयनमा ल्याउन खोज्दा थाहा भएपछि रोक्न मांग गर्दा नमानेपछि बाध्य भएर उजुरी दिएका थियौं । सभार लाेकपुकार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर