Advertisement
ताजा खबर

जसपाले पाएन चुनाव चिह्न ’मुठ्ठी’,अर्को रोज्न आयोगको निर्देशन

प्रतिक्षा खबर
२०८१ जेष्ठ २, बुधबार १५:३१

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले माग गरेको चुनाव चिह्न ’मुठ्ठी’ दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट विभाजन भएर बनेको नयाँ पार्टी जसपालाई आयोगले अर्कै चुनाव चिह्न रोज्न भनेको हो ।
२०८० चैत २१ गते आयोगले ’मुठ्ठी’ चिह्न कुनै पनि दललाई प्रदान गर्न नमिल्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आयोगले जसपालाई आयोगमा दर्ता कायम रहेका दलहरूको चुनाव चिह्नसँग नबाझिने गरी अन्य कुनै चिह्न लिन आग्रह गरेको हो ।
जसपाका महासचिव मोहम्मद इस्तियाक राई भने विगतमा अन्य कुनै दलले मुठ्ठी चिह्न पाएको र उसको दर्ता खारेज भए पनि एक वर्षसम्म उक्त चिह्न नपाउने हुनाले आयोगले अर्को चुनाव चिह्न रोज्न भनेको बताए । ’अहिले हामीले अर्को चुनाव चिह्न कुन लिने भनेर निर्णय गरिसकेका छैनौं,’ भने, ’केही दिनमा बसेर चुनाव चिह्नको बारेमा निर्णय गर्छौं ।’
जसपा नेपालका अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला गत वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा गठन गरिएको थियो । जसपाबाट ७ जना सांसद नयाँ दलमा आवद्ध छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर