Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

कार्यालय जाँदैगरेकाे वडासचिवको बसले ठकर दिदा घटनास्थलमै मृत्यू

प्रतिक्षा खबर
२०७७ माघ १६, शुक्रबार १७:२२

जनकपुरधाम । जनकपुरमा बसले किचेर एक वडा सचिवको मृत्यू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ का वडासचिवको मृत्यू भएको प्रहरीले जनाएको छ ।शुक्रबार (आज) विहान करिब १० बजेको समयमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ स्थित जनकपुर ढल्केवर सडकखण्डमा बसले ठक्कर दिएर किचेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।लक्ष्मीनियाँ गाउँपालिका वडा न. ३ बस्ने अन्दाजी बर्ष ५० का वडासचिव शिवचन्द्र यादवको बसले किचेर मृत्यू भएको प्रहरीले जनाएको छ । उनको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ सपही स्थित ठक्कर दिएको प्रहरीले जनाएको छ ।सपही स्थित रहेको हनुमान मन्दिर र त्यहाँ नयाँ बन्दै गरेको पूलको डाइसर्भन स्थित साईकलमा सवार वडा सचिव यादवलाई पछाडीबाट आएको बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।जनकपुर–सर्लाही चल्ने ना ४ ख १०६९ नम्बरको यात्रुबाहक बसले उनलाई बिहान ठक्कर दिएपछि वडासचिव यादव लडेका थिए । लडेपछि पनि उनलाई बसलाई ब्याक गरी किचिदिएको स्थानीयहरुको भनाई छ ।प्रहरीका अनुसार, जनकपुर आउँदै गरेको सो बस त्यतिबेला बसका खलासी चलाउँदै थिए । बस तीव्र गतिमा आएर पछाडीबाटै वडासचिव यादवलाई ठक्कर दिएपछि उनको तत्कालै घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।वडासचिवको मृत्यू भएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको मुलेलिया प्रहरी चौकीले बस र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।बसले ठक्कर दिएर त्यतिबेला बस चलाएका खलासीले बसबाट ओर्लेर फरार भएको चालकको बयानलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, अहिले चालक र बस दुवै प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको छ ।यता, पोष्टमार्टमको लागि उनलाई तत्कालै जनकपुर स्थित रहेको जानकी हेल्थ केयरमा परिवारजनले ल्याएको थियो । केही बेर प्रहरी कुनै चासो नलिएपछि परिवारजन सहित उनको गाउँबाट आएका सर्वसाधारणहरुले जनकपुरको जानकी हेल्थ केयर र बजरँगचोकको बाटो बन्द गरेका थिए ।प्रहरीले समयमा चासो नलिएको तथा पोष्टमार्टमको लागि कुनै पहल नगरेको भन्दै उनीहरुले केहीबेर सडक जाम गरी प्रदर्शन समेत गरेको थियो । मृतक सचिवको जनकपुरको प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि शव परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर