Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

शैक्षिक बिकासका लागी मेयर मण्डलद्वारा सर्वोदय आधारभूत विद्यालयमा ४ कोठे पक्की भवनको शिलान्यास

प्रतिक्षा खबर
२०८२ जेष्ठ १६, शुक्रबार १९:५७

महोत्तरी , जेष्ठ १६ गते
गोपाल झा
शैक्षिक बिकासका लागी महोत्तरीको मटिहानी नगरपालिका–२, धिरापुर आवरमा अवस्थित नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयमा निर्माण हुन लागेको ४ कोठे पक्की भवनको शिलान्यास कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।
       एक कार्यक्रमका बिच उक्त ४ कोठे भवनको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले विद्यालयमा भवनको अभावका कारण पठनपाठनमा हुँदै आएको समस्या अब समाधान हुने आशा व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु नै दीर्घकालीन समृद्धिको आधार हुने धारणा राख्नुभयो ।
प्राविधिकका अनुसार चार कोठे पक्की विद्यालय भवन निर्माणमा करीब ८४ लाख
रुपैयाँको लागत लाग्नेछ , जसको सम्पूर्ण लगानी मटिहानी नगरपालिकाबाट हुनेछ ।
        शिलान्यास कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, वडा नं. २ का पूर्व वडाध्यक्ष शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण यादव, लोसपा नेता मोसाफिर सहनी, साथै राम जतन यादव, बैकुण्ठ यादव,             प्रधानाध्यापक लक्ष्मण मण्डल, अरुण ठाकुर, कैलाश यादव, वडा सदस्यहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
स्थानीयस्तरमा शिक्षा पूर्वाधारको विकासलाई तीव्रता दिने उद्देश्यले यो भवन निर्माण कार्य थालिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर