Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

शैक्षिक बिकासका लागी मेयर मण्डलद्वारा सर्वोदय आधारभूत विद्यालयमा ४ कोठे पक्की भवनको शिलान्यास

प्रतिक्षा खबर
२०८२ जेष्ठ १६, शुक्रबार १९:५७

महोत्तरी , जेष्ठ १६ गते
गोपाल झा
शैक्षिक बिकासका लागी महोत्तरीको मटिहानी नगरपालिका–२, धिरापुर आवरमा अवस्थित नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयमा निर्माण हुन लागेको ४ कोठे पक्की भवनको शिलान्यास कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।
       एक कार्यक्रमका बिच उक्त ४ कोठे भवनको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले विद्यालयमा भवनको अभावका कारण पठनपाठनमा हुँदै आएको समस्या अब समाधान हुने आशा व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु नै दीर्घकालीन समृद्धिको आधार हुने धारणा राख्नुभयो ।
प्राविधिकका अनुसार चार कोठे पक्की विद्यालय भवन निर्माणमा करीब ८४ लाख
रुपैयाँको लागत लाग्नेछ , जसको सम्पूर्ण लगानी मटिहानी नगरपालिकाबाट हुनेछ ।
        शिलान्यास कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, वडा नं. २ का पूर्व वडाध्यक्ष शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण यादव, लोसपा नेता मोसाफिर सहनी, साथै राम जतन यादव, बैकुण्ठ यादव,             प्रधानाध्यापक लक्ष्मण मण्डल, अरुण ठाकुर, कैलाश यादव, वडा सदस्यहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
स्थानीयस्तरमा शिक्षा पूर्वाधारको विकासलाई तीव्रता दिने उद्देश्यले यो भवन निर्माण कार्य थालिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर