Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठनले मनाए शहिदप्रति दिप प्रज्वलन कार्यक्रम

प्रतिक्षा खबर
२०७७ माघ ५, सोमबार २०:२६

जनकपुरधाम, माघ ५ । जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठनले मधेश अान्दाेलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएका छन । जनकपुरधामकाे प्रवेशद्वारकाेरुपमा रहेकाे रमान्नदचाैकमा आयोजना गरिएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २मा शहादत दिएका शहीदहरुकाे सम्झनामा एक मिनेटकाे माैनधारणगरि दिप प्रज्वलनसमेत गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका धनुषा जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु ,बरिष्ठ नेता पार्टीका केन्द्रीय सदस्य लालबाबु साहज्यु,महाशंकर ठाकुर ,युवाका प्रदेश सचिव कमलेश यादब,तथा बिद्यार्थी नेता दिनेश यादब,सराेज यादब,राेशन साह,युवा नेता राेशन राउत,लगायतसहिद परिवारलाइ सम्मान गरेका छन
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले शहीदहरुको बलिदानीलाई स्मरण गर्दै उनिहरुको परिवारको भरण पोषणमा कुनै कमी नराख्न प्रदेश सरकासंग माँग गरिने प्रतिबद्धता गरे । उहाँले प्रदेश सरकारले घोषणा गरेको एक शहीद परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिदै भविष्यमा शहीद परिवारहरुको लागी भरणपोषणको योजना ल्याउने तैयारी भै रहेको जानकारी समेत दिए नेता झाले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र झा ज्ञानुले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप शहीद परिवारहरुको लागी आवश्यक सहयोगको काम प्रदेश सरकारले जारी राखेकोमा धन्यवाद दिदै बाँकी रहेको कामहरु समेत समयमै पुरा गर्न प्रदेश सरकारसंग आग्रह गरेका थिए ।
जसपाका नेता झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरु विर्सन नसक्ने बताउनु भयो ।
कार्यक्रममा मुख्यमन्त्री झाले प्रदेश सरकार शहीदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मुल्यांकन गर्दै आएको बताउनु भयो । उहाँले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २का अधिकांश शहीद परिवारले रा्ेजगारी पाइ सकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको बताउनु भयो । त्यसै गरि उहाँले आन्दोलनका अशक्त घाइतेहरुलाई प्रदेश सरकारले अवस्था हेरी सहयोग गर्दै आएको र अगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले शहीद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने् बताउनु भयो । जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठन का नेता सुरेन्द्र यादब र रितेश रायकाे नेतृत्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु ज्यु,अतिथि पार्टीका केन्द्रीय सदस्य लालबाबु साहज्यु,महाशंकर ठाकुर ज्यु,युवाका प्रदेश सचिव कमलेश यादब,तथा बिद्यार्थी नेता दिनेश यादब,सराेज यादब,राेशन साह,युवा नेता राेशन राउत,लगायत युवा,विद्यार्थी,नागरिक समाजहरुकाे उलेख्य संख्या रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर