Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

मुख्यमन्त्रीले अाफनै जिल्लामा ३वटा पोखरीको सौन्दर्यकरणको नाममा ३१ करोड गरे निकासा

प्रतिक्षा खबर
२०७७ श्रावण ३२, आईतवार १७:१९

जनकपुरधाम, साउन ३२ गते । प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आइरहेको बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा बजेट दुरुपयोग गरी ब्रम्हलुट नै मचाएको देखिएको छ ।
प्रभावकारी भनिएको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रममा व्यापक अनियमितता भएको देखिएको छ । बजारमा खुद्रा दरमा बढीमा ५ हजारमा पाइने साइकल ७ हजार २ सयको दरले १४ हजार थान खरीद गरिएकोमा प्रति साइकल २२ सयको दरले भ्रष्टाचार भएको देखिन्छ ।
महालेखा परीक्षक प्रतिवेदनका अनुसार स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले आफ्नो गृह जिल्ला पर्सालाई ग्राहयता दिदैं आ.ब. ७५/७६ मा ३१ करोड खर्च मध्ये मात्र ३ वटा पोखरीको सौन्दर्यकरणको नाममा ३१ करोड निकासा गराएको छ ।
विकास निर्माण र जनचेतनामूलक सार्वजनिक कार्यक्रमका साथै प्रशासनिक तर्फ समेत व्यापक भ्रष्टाचार गरिएको सो प्रतिवेदनमा पाइएको छ । प्रतिवेदन अनुसार निजी सचिवालयमा रहेका कर्मचारीको नियुक्तभन्दा पहिला १० महिना बराबरको करीब पौने ३ करोड तलब बिना बिल भरपाईकै एकमुष्टै खर्च भुक्तानी गरिएको छ ।
यति मात्र होइन मुख्यमन्त्रीको सेवा सुविधा भनी मापदण्डमै नरहेका आर्थिक र सुरक्षा सल्लाहकारको पदको नाममा विभिन्न व्यक्तिको नाममा ५ लाख रुपैया भन्दा बढी रकम खर्च गरेको महालेखा परिक्षकको ठहर रहेकाे छ । यसका साथै मापदण्ड नै नपुरा गरी मुख्यमन्त्री आफू स्वयं, अन्य मन्त्री, कर्मचारीको भ्रमणको नाममा प्रत्येक वर्ष ९० लाखको हाराहारी खर्च गरेको छ ।
मुख्यमन्त्री कार्यालयले विभिन्न परियोजनाको डीपीआर तयार गर्नमा प्रत्येक वर्ष एक करोडको हाराहारीमा रकम खर्च गर्ने गरेको तर ती योजनाहरु के भयो कुनै अतोपतो छैन । यस्तै मापदण्ड पुरा नै नगरी बिना बिल भरभरपाईको चिया, खाजा, अतिथि सत्कारमा एक करोडभन्दा बढी रकम आर्थिक वर्ष ०७५/७६ मा खर्च गरेको ठहरले सम्बन्धित कर्मचारीसँग मिलेर अनियमिता गरेको प्रष्ट हुन्छ ।
जनकपुरधाममा हुने विवाह पंचमी महोत्सवमा अयोध्याबाट आएको पाहुना सहित मात्र ३ सय साधु सन्तको सत्कारमा २५ हजारका दरले ७३ लाख रुपैया खर्च देखाई अनियमिता गरेको भनी हालसम्म विवादित बनेको छ ।
मुख्यमन्त्री राहत कोषबाट करोडौ रुपैया वितरण हुंदै आएको छ तर सो रकम लक्षित समूहसम्म पुग्न नसकेको छैन महालेखा प्रतिवेदनका अनुसार मापदण्ड विपरित बिना बिल भरपाईको रकम खर्च गरिएको हो ।
मुख्यमन्त्री कार्यालयको व्यापक ब्रम्हलुट गाडीको मरम्मत सम्भार देखिएको छ । सोही वर्ष करीब ५ करोड रुपैया बराबरको खरीद गरिएको नयाँ गाडीको मरम्मत सम्भारमा ५० लाख रुपैया खर्च देखाइएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको ठूलो असफलता नातावादमा परेर आफ्नो भतिजा मोहम्मद साबिरलाई संयोजक बनाएको परियोजना सिप हो । प्रदेश सरकारले ३ वर्षमा ४२ हजार युवालाई रोजगार दिने भनेको थियो तर एक सयजनाले पनि रोजगार पाएको छैन ।
समयमै कार्यक्रम सम्पन्न गर्न नसक्दा प्रत्येक वर्ष ५० प्रतिशतभन्दा रकम बेरुजु गराउने मुख्यमन्त्री कार्यालयको संघीय सरकारबाट शसर्त र निर्शत अनुदान बजेट कार्यक्रम संचालन हुन नसक्दा अधिकांश रकम फिर्ता गर्नु परेको महालेखा परिक्षकको भनाई छ । लाेकपुकार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर