Advertisement
ताजा खबर

संविधानमा संसद विघटन गर्न मिल्ने प्रावधान छैन : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७७ पुष १९, आईतवार २०:४२

१९ पुस, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । उनले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए
‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन’ जनकपुरधाममा जनता समाजवादी पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘सरकार बन्ने स्थिति रहेसम्म संविधानले संसद विघटनको परिकल्पना गरेको छैन्
संविधान बन्ने बेला आफू पनि मस्यौदा समितिको सदस्य रहेको बताउँदै उनले त्यस बेला संविधानमा सिधै संसद विघटन गर्न मिल्ने प्रावधान नराखिएको बताए ।
‘संविधानको धारा ७६ को १ मा बहुमत सरकार बनाउने कुरा उल्लेख गरिएको बताउँदै उनले यो धारालाई टेकेर विभिन्न दल मिलेर सरकार बनाउन सकिने प्रावधान रहेको बताए ।
यस्तै, धारा ७६ को ३ मा सरकार गठन हुन नसकेका अवस्थामा सबैभन्दा ठूलो दललाई अवसर दिइने र त्यसरी हुन नसक्दा कुनै दलले आफूले सरकार बनाउन सक्ने बताएपछि त्यसलाई पनि अवसर दिनुपर्ने र त्यसले पनि बनाउन नसक्दा मात्रै संसद विघटन गर्न सकिने प्रावधान संविधानमा रहेको उनले बताए ।
सरकार बन्ने यो सम्भावना समाप्त पारी प्रधानमन्त्रीले संसदि विघटनको सिफारिस गर्ने अनि थोरै पनि ढिलो नगरी राष्ट्रपतिले त्यसलाई अनुमोदन गरिदिनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
सरकार बन्ने व्याप्क सम्भावना रहेको अवस्थामा पनि संसद विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक कदम भएको बताए । सर्वाेच्च अदालतले संविधानका धारा हेरेर संसद पुनर्स्थापना गर्ने उनको विश्वास थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।