Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सप्तरीमा अाजदेखि निषेधाज्ञा हट्यो

प्रतिक्षा खबर
२०७७ भाद्र २९, सोमबार १८:५६

२९ भदौ, सप्तरी । सप्तरीमा दुई महिनायता जारी निषेधाज्ञा अन्त्य गरिएको छ । अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी सार्वजनिक सवारी साधन र सिटी रिक्सा सञ्चालन गर्न पाइने भएको छ ।
सोमबार बसेको जिल्ला सं‌कट व्‍यवस्थापन समितिको बैठकले निषेधाज्ञाबाट आम जनजिविकामा परिरहेको असर समेतलाई दृष्टिगत गरी सुरक्षा सतर्कता अपनाउँदै व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र सरकारी कार्यालय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए
उनका अनुसार यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्रु राखेर सिटी रिक्सा संचालन गर्न दिने निर्णय पनि भएको छ । त्यस्तै होटल रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिन पाउनेछन् ।
खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल संचालकले ग्राहकको तापक्रम नाप्ने, २ मिटरको भौतिक दूरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने गरी व्यवसाय सञ्चालन गर्न पाउनेछन् ।
उद्योगहरुले सरकारले तोकेको वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा, जनस्वास्थ्य र यातायात मापदण्डको पालना गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने गरी भिडभाड हुन नदिई सेवा सञ्चालन गर्नुपर्नेछ ।
सप्तरी सदरमुकाम राजविराजमा गत साउन २९ गतेदेखि निषेधाज्ञा जारी गरिएकोमा १९ गतेदेखि जिल्लाभरिमै जारी गरिएको थियो । पछिल्लो साता राजविराजमा मात्रै सीमित भएको निषेधाज्ञा सोमबारदेखि हटाइएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर