Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८२ पुष २, बुधबार १८:१०

‎काठमाण्डाै । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।‎
‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले पार्टी प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे।
‎पार्टी प्रवेशपछि बोल्दै भरत चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताएका छन्। “मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने।

‎जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले आगामी राजनीतिक गतिविधि तथा निर्वाचनमा पार्टीलाई सकारात्मक ऊर्जा मिल्नेछ।
‎कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशाेर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर